गैंडाको खाग किनबेच गरेको आरोपमा २ युवक पक्राउ

काठमाडौँ , ८ कात्तिक । गैंडाको खाग किनबेच गर्न खोजेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपलिका–९ स्थित गैरीगाउँबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकोशी गाउँपालिका घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र बाग्लुङको तमनखोला गाउँपालिका घर भएका २८ वर्षीय दिपक गोतामे छन् ।

गैंडाको खाग बेच्न उनीहरुले ६० लाखमा डिल गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । । महाशाखाले आरोपीहरुलाई कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्