काँग्रेस नेताको भारत भ्रमण : शेरबहादुर र शशांकलाई मिलाउने प्रयास ?

काठमाडौँ , ८ कात्तिक । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मुखमा नेताहरूको भारत भ्रमण बाक्लिएको छ । आगामी मंसिर ९–१३ मा महाधिवेशन गर्ने तयारी भइरहँदा काँग्रेस नेताहरूले पालैपालो भारत भ्रमण गरिरहेका छन् ।

भदौको पहिलो साता १४ औँ महाधिवेशनमा सभापतिका दाबेदार वर्तमान उपसभापति विमलेन्द्र निधि भारत गएका थिए । भारतमा उपचाररत काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्ने भन्दै निधि भारत गएका हुन् ।

गिरीलाई भेट्न उपसभापति निधि जनकपुरबाट भारतको दरभंगा हुँदै मुम्बई गएका थिए । यसक्रममा निधिले राजनीतिक भेटघाट गरेको बताइए पनि को–कोसँग भेटवार्ता गरे भन्ने कुरा बाहिर आएन । त्यसपछि भारतीय सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) निमन्त्रणामा काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका नेतृत्वको टोली असोजको तेस्रो साता भारत गयो । पार्टी–पार्टीबीचको सम्बन्ध सुधारका लागि भारत गएको महत नेतृत्वको टोलीले भाजपा र सरकारका प्रतिनिधिसँग भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्