प्रधानन्यायाधीशले बोलाएको फूलकोर्ट बहिस्कार गर्ने सर्वोच्चका १४ न्यायाधीशको निर्णय , भोलिदेखि छुट्टै बैठक
काठमाडौं, कात्तिक ७ । र्वोच्च अदालतका १४ जना न्यायाधीश प्रधानन्यायाधीशले भोलिका लागि बोलाएको फूलकोर्ट बैठकमा सहभागी नहुने भएका छन् ।
१४ न्यायाधीशको आइतवार बसेको बैठकले भोलि बिहान ११ बजेपछि छुट्टै छलफल गर्ने निर्णय पनि गरेको छ । जसका कारण भोलिको इजलास अनिश्चित बनेको छ ।इजलास शुरू हुनुपर्ने समयमा न्यायाधीशहरूको बैठक बस्ने भएपछि इजलास अनिश्चित बन्ने भएको हो ।
नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको भेटपछि प्रधानन्यायाधीश जबराले सोमवारका लागि फूलकोर्ट बैठक बोलाएका थिए । साथै राणाले मंगलबारदेखि गोला प्रथाका आधारमा पेसी तोक्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिसँगको भेटमा उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रधानन्यायाधीश जबरा कांग्रेस नेतृत्वको गठबन्धन सरकारसँग भाग मागेको, गम्भीर मुद्दाहरुको सुनुवाइमा लापरबाही गरेकोसहितका अनेक आरोपबीच घेराबन्दीमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्