संघीयता उल्ट्याउने प्रयत्न भएको छ : प्रचण्ड

काठमाडौँ, कातिक ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूलाई नै अपराधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको टिप्पणी गरे।

प्रचण्डले जातीयय विभेदका लागि भएका बिद्रोहलाई समेत बदनाम गराउन खोजेको बताए । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफूले अनेक आरोप खेप्नुपरेको उनको भनाइ छ । प्रचण्डले जातीय विभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसंग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राखे ।

प्रचण्डले संघीय लोकतन्त्रिक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरे पनि मुलधार भनिने पार्टीहरुले अझै पनि पुरातन सोचमा नै रहेको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस्