नेतृत्व तहले खेल खेल्दा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थाल्यो : नेता सिंह

काठमाडौं, कातिक ७ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने नेतृत्व तहले खेल खेल्दा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् ।

आइतबार नेपाल प्रेस युनियन जनकपुरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।वर्तमान नेतृत्व र पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप समेत उनले लगाए ।

केही जिल्लाको महाधिवेशन सकिँदासमेत केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंग्याउनु नेतृत्वको चरम अक्षमता र लापरबाही भएको उउनले बताए ।

नेतृत्वले महाधिवेशनलाई हल्का रूपमा लिँदा पटकपटक महाधिवेशन मिति परिवर्तन गरेको भन्दै उनले निर्धारित मितिमा नै महाधिवेशन हुनुपर्ने औंंल्याए ।

 

प्रतिक्रिया दिनुहोस्