अब बाहिर हिड्डुल गर्दा मास्क लगाउनु नपर्ने

काठमाडौं, कातिक ६ । नेपालीहरुको प्रमुख श्रम गन्तब्य रहेको साउदी अरबले कोरोना संक्रमण कम हुँदै गएपछि आइतबारदेखि पूर्ण खोप (भ्याक्सिन) लगाएकाले बाहिर मास्क लगाउनुनपर्ने, सामाजिक दूरी पनि पालना गर्नु नपर्ने भएको छ ।

विवाह हल, रेस्टुरेन्ट र यातायातका साधनहरूलाई शारीरिक दूरी नराखी पूर्ण खोप लगाएका व्यक्तिहरूको लागि पूर्ण क्षमतामा सञ्चालन गर्न अनुमति दिइने साउदीको आन्तरिक मन्त्रालयलाई उद्रित गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ ।

तर भित्र ठाउँहरुमा रहदा मास्क तथा सामाजिक दूरी लगायतका सावधानी अपनाउनै पर्ने र कानुन उलंघन गरे जरिवाना हुने नियम यथावत रहेको जनाइएको छ । साउदी सरकारको यो निर्णयसँगै त्यहाँ कार्यरत नेपाली श्रमिकहरुलाई पनि राहत मिलेको छ ।

अब बिना मास्क बाहिर हिड्डुल गर्न पाउने भएका छन् । साउदीले कोरोना भाइरसको फैलावट रोक्न गत बर्ष २७ फेब्रुअरी २०२० देखि तीर्थयात्रीहरुमा अस्थायी प्रतिबन्ध लगाएर गरेको थियो ।

तर,पछि त्यति गर्दा पनि संक्रमण कम नभएपछि कर्फ्यू लगाएर सार्वजनिक जीवनका सबै गतिविधिहरु बन्द गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सेवाहरु बन्द गरेको थियो । साउदी अरबमा विभिन्न क्षेत्रमा गरि करिव चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ ।

साउदीस्थित नेपाली दूतावाससँग आधिकारित तथ्यांङक नभए पनि कोरोना संक्रमणका कारण त्यहाँ कार्यरत १०८ भन्दाबढी नेपाली कामदारले ज्यान गुमाएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्