एमालेको १० औं महाधिवेशन चितवनमा हुने , पाँच लाख कार्यकर्ता उतार्ने
काठमाडौं, ५ कातिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन यहि मंसिर १० देखि १२ गतेसम्म हुने आज पत्रकार सम्मेलन मार्फत जनाकारी दिएको हो । एमाले स्थायी कमिटी बैठकले चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै त्यसको तयारीमा प्रदेश कमिटी जुटिसेको छ ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताए । पार्टीले महाधिवेशनका लागि कसैसँग चन्दा नमाग्ने बताउँदै उनले उद्घाटन सत्रमा कम्तिमा ५ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी दिए ।
प्रचण्डको गृह जिल्ला छानेर काउन्टर दिन खोजेको हो भन्ने पत्रकारको जिज्ञासामा पोखरेलले एमालेको प्रतिस्पर्धा कुनै दलसँग नभई पाँच दलीय गठबन्धनसँग भएको बताए ।
पोखरेलले एमालेले एक्लैले संसदीय चुनावमा बहुमत ल्याउने दावी समेत गरे । एमाले चितवनका इञ्चार्ज काशीनाथ अधिकारीले अनेक धक्का र विश्वासघातका बाबजुद पनि एमाले सशक्त ढंगले अगाडि बढ्ने सन्देश महाधिवेशनले दिने बताए ।















प्रतिक्रिया दिनुहोस्