पहिरोले पुरिएर बझाङको खप्तड छान्नामा ५ जनाको मृत्यु
काठमाडौं, कात्तिक ३ । आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा बझाङको खप्तड छान्ना गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँ का धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी र उनकी श्रीमती चन्द्रा गिरीको तथा खप्तड छान्ना गाउँपालिका–५ का धनराज जोशी छन् ।
खप्तड छान्ना गाउँपालिकाका वीरेन्द्रबहादुर सिंहका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर सबैको मृत्यु भएको हो ।
पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काभेटरको मद्दतमा निकालिएको थियो । सञ्चार सम्पर्क विच्छेद भएकाले ढिलो गरी सूचना प्राप्त भएको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया दिनुहोस्