हामीले चाहे यो सरकार एक सातामै ढालिदिन्छौं : अध्यक्ष ओली
काठमाडौं , कात्तिक ३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने बताएका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
उनले भने अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामै ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी गरे । साथै ओलीले पार्टीको महाधिवेशन कहाँ गर्ने भन्ने कुराको टुंगो भोलि (बिहीबार) टुंगो लाग्ने बताएका छन् ।
उनले महाधिवेशन तोकिएकै मितिमा हुने तर स्थान भोलि तोकिने जानकारी दिए।विधान महाधिवेशनका बेला पार्टीको महाधिवेशन बुटवलमा गर्न प्रस्ताव आएको जानकारी उनले दिए । तर यसको निर्णय भोलि गरिने उनले बताए ।















प्रतिक्रिया दिनुहोस्