एमालेले भोलि बोलायो स्थायी कमिटी बैठक , के छ एजेण्डा ?
काठमाडौँ, कातिक ३ । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ ।
पार्टी बिहीबार अपरान्ह ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी कमिटी बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।उनकाअनुसार बैठकका मुख्यतः पाँचवटा एजेण्डा छन् ।
बैठकमा विधान महाधिवेशन समीक्षा, ६ कात्तिकमा हुने भनिएको वडा अधिवेशन, ९ कात्तिकमा हुने भनिएको पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षका कारण भएको जनधनको क्षति सम्बन्धमा छलफल हुनेछ ।















प्रतिक्रिया दिनुहोस्