पूर्वी कैलालीका २०० घर डुबानमा, ३ जना बेपत्ता
काठमाडौँ , ३ कात्तिक । कर्णाली नदीमा आएको बाढी गाउँ पस्दा पूर्वी कैलालीमा झण्डै दुई सय घर डुबानमा परेका छन् ।
मंगलबार राति करिब १ बजेको सयमा कर्णालीको बाढी टीकापुर नगरपालिका–५ साइपुरबाट कालाकुुण्डा हुँदै मोहना नदीलाई समेत थुन्दा कालाकुण्डा र अर्नाफाटाका ८० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक विष्टले दिएको जानकारी अनुसार बाढीले इलाका प्रहरी कार्यालय टीकापुर र साइपुर क्षेत्रका थप ७० घर पनि डुबानमा परेका छन् ।









प्रतिक्रिया दिनुहोस्