वाग्मती प्रदेशमा बढेको भाडा आजदेखि लागु, काठमाडौंमा गाडी चढ्न वित्तिकै १८ रुपैयाँ भाडा

काठमाडौं, कातिक १ । । वाग्मती प्रदेश सरकारले बढाएको प्रदेश भित्रका सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागु भएको छ । वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागु हुने गरी गरेको निर्णय अनुसार नयाँ भाडादर लागु भएको हो ।

मन्त्रालयले तोकेको भाडादर पाँच किलोमिटरमा यात्रा गर्ने यात्रुले १८ रुपैयाँ तिर्नुपर्नेछ । काठमाडौं उपत्यकामा पनि गाडी चढ्न बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ । वाग्मती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि भएको छ ।

· १० किलोमिटरसम्म २३ रुपैयाँ

· १५ किलोमिटरसम्म २७ रुपैयाँ

· २० किलोमिटरसम्म ३० रुपैयाँ

· २० किलोमिटरमाथि ३५ रुपैयाँ

प्रतिक्रिया दिनुहोस्