मदिराको नशामा श्रीमतीको हत्या
काठमाडौं, असोज २८ । मदिराको नशामा अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
गुल्मीको ईस्मा गाउपालिका(२ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेब गाउँपालिका(८ मा भाडामा बस्ने ४३ वर्षीय लाल बहादुर कुमालले बुधवार राति श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सुजन शाहले अभियुक्तबारे थप अनुसन्धान भइरहेको छ । उनले आफूले नसामा श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको स्वीकार गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्