मुगुमा जीप दुर्घटना, तीन जना घाइते, गम्भीर एकजनालाई नेपालगंज रिफर गरियो
काठमाडौं, अुसोज २३ । मुगु जिल्लाको सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगडी बजारमा आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तारापानीबाट गमगडी आउने क्रममा फुली भन्ने ठाउँमा एक्कासी ब्रेक पाई भाँचिँदा जीप नियन्त्रण भन्दा बाहिर गई दुर्घटना भएको हो ।
करिब ३ सय मिटर तल खसेको जीप पूर्ण रुपमा क्षति भएको छ भने जीपमा सवार साहु वीरेन्द्र मल्लसहित हुम्ला सर्केगाड गाउँपालिकामा रहेको सिटिजन बैंकका शाखा प्रबन्धक जुम्ला घर भएका कलम सेजुवाल र उनसँगै गएका एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले बताए । शाखा प्रबन्धकको टाउकोमा गम्भीर चोट लागेपछि हवाईजहाजमार्फत नेपालगञ्ज लगिएको छ ।
छायाँनाथ रारा नगरपालिका( २ छत्याल बाडाका वीरेन्द्र मल्लको भे १ ज १०९९ नम्बरको गाडीमा सवार अन्य दुई जनालाई सामान्य चोट लागे पनि बैंक प्रबन्धक सेजुवाललाई टाउकोमा गम्भीर चोट लागेर नेपालगंज रिफर गरिएको र प्रबन्धकसँग गएका अर्का एक जनाको दुबै हात भाँच्चिएकाले जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्