आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, माधव नेपालकोअसन्तुष्टिपछि मन्त्रालय भागबन्डामा हेरफेर
काठमाडौं, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ । नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।
सत्तासाझेदार नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा० भने आन्तरिक छलफलमा छन् ।
कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ ।सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डामा हरेफेर गरेर टुंगो लगाएसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका हुन् ।
दलहरूबीच बिहीबार पनि छलफल भएको थियो । देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए ।















प्रतिक्रिया दिनुहोस्