कांग्रेसले आज साँझसम्ममा मन्त्रीको टुंगो लगाउँछ: प्रवक्ता शर्मा
काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको बिहीबार साँझसम्ममा कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंगो लगाउने भएको छ।
बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीअनुसार कांग्रेसले नाम टुंगो लगाउन लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।
प्रवक्ता शर्माले केही विषय टुंगो नलाग्दा बुधबार नाम टुंगो लगाउन नसकिएको नयाँ पत्रिकालाई जानकारी दिए। ‘बुधबार केही विषय टुंगो लाग्न नसक्दा नाम छनोट हुन नसकेको हो। आज साँझसम्म टुंगो लाग्छ,’ उनले भने।
मन्त्रालय विस्तारका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तीन मन्त्रालयको दाबी गरेपछि संख्याको विषयलाई लिएर कांग्रेसमा विवाद भइरहेको छ।
३















प्रतिक्रिया दिनुहोस्