भानुभक्त जोशीले एमाले छोडे, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं , असोज २१ । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा ​एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनी एकीकृत समाजवादी प्रवेश गरेका हुन् । उनले आजै एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् ।

जोशीलाई एकीकृत समाजवादीमा स्थायी कमिटी सदस्य बनाउने अध्यक्ष माधवकुमार नेपालले घोषणा गरेका छन् । अध्यक्ष नेपालले एमाले पतनको दिशामा गएको बताउदै विधान महाधिवेशनको नाममा तमाशा गरिएको आरोप समेत लगाए ।

बझाङका नेता जोशी सुदूरपश्चिममा प्रभावशाली नेता मानिन्छन् । एमाले विवाद हुँदा माधव नेपाल पक्षमा रहेका जोशी विभाजनपछि एमालेमै बसेका थिए । पछिल्लो समय १० बुँदे सहमति कार्यान्वयन नभएको भदै असन्तुष्टि व्यक्त गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

जोशी तत्कालिन नेकपा हुँदा सूदुरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका थिए भने एमाले समानन्तर कमिटीको प्रदेश अध्यक्ष पनि थिए ।

प्रतिक्रिया दिनुहोस्