सानिमा बैंकको सेवा अब काठमाडौंको गोकर्णेश्वरमा पनि

काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०७८ असोज १९ गते काठमाडौंको गोकर्णेश्वरमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेज्यूद्वारा भयो ।

समुद्घाटन् समारोहमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गोकर्णेश्वरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे ।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री निश्चल राज पाण्डेज्यूले बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । सानिमा बैंकको देशका सातै प्रदेशमा १०९ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्