प्रधानन्यायाधीशले मन्त्रीमा आफ्नो भाग खोजेको विषयमा कुनै सत्यता छैन: गठबन्धन
काठमाडौं, असोज १९ । सत्ता रुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रीमा आफ्नोतर्फबाट कोटा नमागेको बताएको छ।
बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले मन्त्रीमा आफ्नो भाग खोजेको विषयमा कुनै सत्यता नभएको स्पष्ट पारे।
प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल विस्तारका क्रममा आफ्नो कोटा पाउनुपर्ने भनेका छैनन् । यस्तै, प्रधानन्यायाधीश जबराले मंगलबार पूर्ण बैठक बोलाएका छन् ।
मन्त्रीपरिषदमा कोटा खोजेको विषय बाहिर आएपछि प्रधानन्यायाधीश जबराले पूर्ण बैठक डाकेका हुन् । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको संलग्नता असान्दर्भिक भएको भन्दै आपत्ति जनाएको थियो ।
सर्वोच्चले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद गठन एवं विस्तारको विषयमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरन्जित एवं भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै खेद व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, -सम्माननीय प्रधानन्यायाधीशबाट नेपालको संविधानबमोजिम न्यायापालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको धारण विभिन्न समयमा व्यक्त हुँदै आएको स्मरण गराउँदै सर्वोच्च अदालतको अमूक फैसलाको सन्दर्भ जोडि यस प्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसायबाहेक अरु केही हुन सक्दैन।’
आजको बैठकमा चाडपर्वको समयमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्नेलगायतका एजेण्डामाथि छलफल हुने बताइएको छ।















प्रतिक्रिया दिनुहोस्