प्रतिनिधिसभा : एमालेको अवरोध जारी, दलित आयोगको प्रतिवेदन पेस गरेर सकियो बैठक
काठमाडौं, असोज १९ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले अवरोध गरेको छ।
एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ।
मंगलबारको बैठकमा पनि नाराबाजीसहित एमाले सांसदहरूले विरोध प्रदर्शन गरेका हुन्। एमाले सांसदहरूको विरोधबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन ०७६/७७ प्रतिनिधिसभामा पेस गरे।
एमाले सांसदहरूले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, यथास्थितिमा संसद् चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गरलगायतका नारा लगाएका थिए।
प्रतिनिधिसभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।















प्रतिक्रिया दिनुहोस्