एमालेमाथि चौतर्फी आक्रमण भइरहेको छः ओली

काठमाडौं , असोज १७ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथि चौतर्फी हमला भइरहेको बताएका छन्।

गोदावरीमा जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै यस्तो उनले यस्तो बताएका हुन्। साथै उनले देश बनाउने कर्तव्य आफ्नो पार्टीको रहेको पनि बताए । उनले भने, ‘जनताको विश्वास हामी माथि छ। देशको ठूलो पार्टी हामी हौं। हावाको झोक्काहरुले हामीलाई असर गर्दैन। ’

साझा आन्दोलनबाट मात्रै देशमा परिवर्तन सम्भव हुने उनको भनाइ छ। आफूले सरकारमा रहँदा राम्रो काम गरेपछि प्रतिकृयावादीहरु छक्क परेको बताए।साथै  ओलीले माधवकुमार नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान गरेका छन् ।

तीन दिनदेखि जारी पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन आह्वान गरेका हुन् ।यसका लागि केन्द्रबाट पनि प्रयास हुने र तल्लो तहबाट पनि प्रयास थाल्न ओलीले आग्रह गरेका हुन् । ‘भ्रममा परेकालाई हामी पनि फर्काउने प्रयास गर्छौं, तलबाट तपाइँहरू पनि प्रयास गर्नुहोला’, अध्यक्ष ओलीले भने ।

यस्तै उनले अहिले तत्कालका लागि एमालेलाई ५१ प्रतिशत जनता चाहिएको बताए ।

प्रतिक्रिया दिनुहोस्