एमालेको बाधा अड्काउ फुकाउने प्रस्ताव पास

काठमाडौं, असोज १५ – नेकपा एमालेको जारी विधान महाधिवेशनमा एमाले उपमहासचिव विष्णु पौडेलले विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेश गरेका छन् ।

योसँगै अब नेकपा एमालेको विधान महाधिवेशनमा पेस भएको बाधा अड्काउ फुकाउ प्रस्ताव अनुमोदन भएको छ।

उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रस्ताव अनुमोदन भएको हो। नेता पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न प्रस्ताव पेश गरेका हुन् । पौडेलको प्रस्ताव हलले ताली पिटेर पारित गरेको छ ।

असोज ८ र ९ गतेको केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गरेको थियो। बाधा अड्काउ फुकाउ गरेर विधान महाधिवेशनमा प्रतिनिधि थप गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्