एमसीसी खारेजीको माग गर्दै राप्रपाद्वारा काठमाडौंमा पर्दशन

काठमाडौं, असोज १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता–कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

एमसीसी खारेजी तथा महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । बुधबार काठमाडौंको माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर समापन भएको थियो ।

प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएकोले त्यसको खारेजी गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । त्यस्तै, उनीहरूले ‘महँगी नियनत्रण गर’, ‘भष्ट्राचारीलाई कारबाही गर’लगायतका नारा पनि लगाएका थिए ।

प्रदर्शनपछि उनीहरूले एमसीसी खारेजीका साथै महँगी नियन्त्रण गर्नुपर्नेलगायत माग राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । पछिल्लो समय एमसीसी खारेजीको माग गर्दै विरोध पर्दशन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्