ओलीले भने – देउवा सरकार ट्रयाक बाहिर गयो, खबरदारी गर्नुहोस्
काठमाडौं,असोज १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको कार्यशैलीको खुलेर आलोचना गरेका छन् ।
अध्यक्ष ओलीले वर्तमान सरकार ट्रयाक बाहिर गएर काम गर्न थालेको आरोप लगाए । मंगलबार सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले वर्तमान सरकारलाई खबरदारी नपुगेको बताए। सम्पादकहरुसँग ओलीले भने,’ मलाई त राम्रो खबरदारी गर्नु भएको थियो,यो सरकारलाई खबरदारी पुगेन कि?’
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले रातारात संसद रोकेर बिहान अध्यादेश ल्याउनु आपत्तिजनक रहेको दोहोर्याए। उनले एमाले पार्टीको धेरै ठूलो अभिभारा रहेको समेत बताए। ‘संविधानको मर्मअनुसार कार्यान्वयन हुन सकोस् भनेर मैले ४० प्रतिशतको सांसद वा केन्द्रीय सदस्यको अध्यादेश ल्याएको थिएँ। त्यसको उग्र विरोध गर्नेहरुले यस्तो अध्यादेश रातारात ल्याए,’ उनले भने।
अध्यक्ष ओलीले वर्तमान सरकार दुई महिनासम्म पूरा नहुने जोरजामको सरकार भएको बताए। उनले भने,’ यो जनताको सरकार होइन,परमादेशको सरकार हो।’















प्रतिक्रिया दिनुहोस्