बुटवलका मेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा छुटे
काठमाडौं,असोज १२ । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई मुक्का हानेपछि पक्राउ परेका युवा गणेश पंगेनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
उनलाई जिल्ला अदालतले ५ हजार धरौटीमा छाडिदिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताएका छन्।
गत भदौ ४ गते बिहान बुटवल उपमहानगरपालिका३ ज्योतिनगरस्थित पहिरो प्रभावित क्षेत्र अवलोकन गर्न गएका सुवेदीमाथि पंगेनीले मुक्का हानेका थिए।
आफैं पनि पहिरो पीडित पंगेनीले मुक्का हानेपछि उनलाई त्यही साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत मुद्दा चलाइएको थियो।
मेयर सुवेदीलाई दुर्व्यवहार आरोप लागेका पंगेनी एमालेकै कार्यकर्ता हुन्। बुटवलको ज्योतिनगर निवासी पहिरोपीडित उनी एमालेनिकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य छन्।
प्रतिक्रिया दिनुहोस्