कांग्रेस बाजुरा सभापतिमा आफूलाई मतदान गर्न चक्र शाहीको अपिल
बाजुरा , असोज १२ । नेपाली कांग्रेस बाजुरा सभापतिका दावेदार तथा युवा नेता चक्र शाहीले आफूलाई मतदान गर्न अपिल गरेका छन् । उनले बाजुरामा सुदृढ पार्टी निर्माणका लागि आफूलाई मतदान गर्न आग्रह गरेका हुन् ।
‘नेपाली कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेसनमा मलाई जिल्ला कार्य समिती सभापतिमा यहाँको अमूल्य मतदानसहित साथ, सहयोग र शुभेच्छाको लागी हार्दीक अपिल गर्दछु’, शाहीले भनेका छन् ।
३२ वर्षदेखि निरन्तर कांग्रेस राजनीतिमा सक्रिय शाहले आफूले अहिलेसम्म कतै पनि दाबी नगरेको र पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेको बताएका छन् ।
तर, यसपटक जिल्लामा पछिल्लो समय हाबी भइरहेको गुटगत राजनीति अन्त्यका लागि आफ्नो उम्मेद्वारी भएको उनको भनाइ छ ।
जिल्लामा शाहलाई सबैले मिजासिलो नेताका रूपमा चिन्छन् । उनी पदगत स्वार्थभन्दा गुटरहित राजनीतिको पक्षमा वकालत गर्ने नेताभित्र पर्छन् । त्यसैले शाह जिल्लामा सबैको प्रिय बनेका छन् ।
‘पहिले जिल्लामा निकै राम्रो वातावरण थियो । सबैले सबैलाई सम्मान गर्ने प्रचलन रहेको पाइन्थ्यो । तर, अहिले ब्यक्तिगत गुटगत राजनीति हाबी हुँदै गएको छ । हामीले जति प्रयास गर्दा पनि पछिल्लो समय गुटगत राजनीतिको अन्त्य गर्न सकिएको छैन । यस्तो अवस्थामा जिल्लाका युवादेखि सिनियरअग्रज साथिहरूले मलाई अगाडि सर्न भन्नुभयो । र, सबै साथिहरूसँगको सल्लाहमा मैले उम्मेद्वारी घोषणा गरेको हुँ,’ उनले भने ।
उनले पार्टीभित्रको गुटगत राजनीति र ब्यक्तिवाद पद्धतिलाई अन्त्य गर्नकै लागि आफ्नो उम्मेदवारी भएको बताए ।















प्रतिक्रिया दिनुहोस्