माओवादी नेता पुनलाई उपचारका लागि बैंकक लगिने
काठमाडौं, असोज १२ । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ ।
जन्डिसका कारण राजधानीको सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचाररत पुनलाई बुधबार बिहान बैंकक लैजान लागिएको बताइएको छ ।
पुनको पारिवारिक स्रोतका अनुसार जन्डिसको समस्या बढेपछि बैंकक लैजाने निर्णय भएको हो । उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो ।
सांसदसमेत रहेका पुन लामो समयदेखि जन्डिसबाट पीडित रहेको र त्यसको उपचारका लागि उनलाई बैंकक लान लागिएको हो ।
पुनलाई २०७२ सालमा पनि बैंककमा उपचार गरिएको थियो । त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए ।
त्यसपछि पुनले नियमित औषधि लिइरहेको र प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर पछिल्लो दुई वर्ष भने उनी कोभिड-१९ महामारीका कारण फलोअपमा जान नसकेको बताइएको छ ।
दुई दिनदेखि सुमेरु अस्पतालमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि बैंकक लैजान चिकित्सकले सुझाएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्