दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफरिस

काठमाडौं , असोज ११ । सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफरिस गरेको छ । सोमबार बेलुका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिष बैठकले राष्ट्रपतिसामू सो सिफरिस गरेको हो ।

यो सिफरिससँगै अब मन्त्रिपरिषद् विस्तार गर्ने बाटो खुलेको छ।

लामो समयसम्म मन्त्रिरिषदले पूर्णता नपाउँदा सरकारका कामकारवाही प्रभावित हुँदै आएका थिए। सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी ९जसपा० ले अध्यादेश फिर्ता गरेपछि मात्र सरकारमा सहभागी हुने बताउँदै आएको छ।

यसअघि सरकारले नेकपा एमाले र जसपा विभाजनमा सहयोग पुर्‍याउन संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो ।

सोहीअनुसार एमाले विभाजन भएर नेकपा ९एकीकृत समाजवादी० र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्