ईको काठमाण्डु होटलको नऔं वार्षिकोउत्सव “बालबालिकासँग”

काठमाडौं । ठमेल स्थित ईको काठमाण्डु होटलले आफ्नो नऔं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । आजभन्दा ९ वर्ष अघि विश्व पर्यटन दिवसको अवसरमा स्थापना गरिएको होटलले सेवाको भावनालाई समेत प्राथमिकता दिंदै जन उद्धार सेवा समिति टेकु काठमाडौं अन्तरगत संस्थामा रहेका बालबालिकाहरुलाई कपडा वितरण गरि नऔं वार्षिकोत्सव मनाएको हो ।

जन उद्धार सेवा समिति टेकु काठमाडौंको प्राङ्गणमा आफ्ना बुबा–आमा नभएका अनाथ बालबालिकालाई २२ थान ट्यकसुट बितरण गरि केक काटि वार्षिकोत्सवमा मनाइएको हो । यस कार्यक्रमले कलिला बालबालीकाको बालमतिष्कमा सकारात्मक सोचको विकासका साथै खुसिका अनुभुती गरेका छन् ।

होटलका अध्यक्ष तथा सञ्चालक बिमल धमला (सहदेव)ले आनाथ र कलिला बालबालिकाहरुलाई खुशि साट्नको लागि होटलको वार्षिकोत्सव जन उद्धार सेवा समितिको प्राङ्गणमा बनाईएको बताउनुभयो । बालबालिकाको आफ्ना  बुबा–आमा नभएको पीडालाई समेत कम गर्न यस्ता कार्यक्रमले टेवा गुग्ने उनले बताए । सेवा नै धर्म हो भन्ने नारालाई आत्मसाथ गरि सामाजिक सेवामा आवद्ध हुँदै आएका सञ्चालक धमलाले समाजमा थुप्रै समस्याहरु रहेकाले त्यसलाई निराकरण गर्न आफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनुभयो । उनले सेवा गर्दा मानिसलाई आनन्दित बनाउने हुनाले यस्ता कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्