युवालाई नेतृत्वमा पु¥याइन्छ: नेता श्रेष्ठ
काठमाडौँ, असोज १० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का नेता जीवनराम श्रेष्ठले विपन्न वर्गको पक्षमा कम्युनिष्ट आन्दोलन केन्द्रीत गर्नुपर्ने बताएका छन् ।
नेकपा एकीकृत–समाजवादी २७ वडा शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले एमालेको नेतृत्वमा करीब दुई तिहाई बहुमतको सरकार गठन भएको भएपनि असंवैधानिक गतिविधि सञ्चालन गरेको बताउँदै मजदुर, किसान, गरीब वर्गका हितमा कार्य गर्न नसकेकाले आफूहरुले बिद्रोह गरी नयाँ पार्टीको स्थापना गरेको बताए ।
नेपाल ओलम्पिक कमिटीको अध्यक्ष समेत रहनुभएका श्रेष्ठले मुलुकको विकास र समृद्धिका लागि युवा वर्गको विशेष भूमिका रहेको उल्लेख गर्दै एकीकृत–समाजवादीले पार्टीको नेतृत्वमा ४० प्रतिशत युवालाई सहभागी गराउने नीति लिएको जानकारी दिए ।
बाग्मती प्रदेशसभा सदस्य वसन्त मानन्धरले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा आफ्नो पार्टी क्रियाशील रहने बताउँदै अहिले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा निजी क्षेत्रको भइरहेको नियन्त्रणलाई न्यूनीकरण गरी सरकाले सर्वसुलभ बनाएर सबै नागरिकको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिए ।
संवधानसभा सदस्य प्रभा वज्राचार्यले गत निर्वाचनमा जनताले बामपन्थी शक्तिलाई राष्ट्र निर्माणमा नेतृत्व सुम्पेको भएपनि ओली सरकारका असफलताले जनता निराश भएकामा चिन्ता व्यक्त गर्दै सङ्गठनलाई विस्तार गर्न देशभर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा आनन्दराज भण्डारीको नेतृत्वमा २५ सदस्यीय वडा शाखा कमिटी गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्