वडा दशैंंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “दशैं धमाका” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५००/– सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई First come first server को आधारमा छुट प्रदान गरिने छ । यो योजना यही आश्विन १० गतेदेखि आश्विन १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ ।

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा लिंदा रु. ५०० क्यासब्याक पनि प्रदान गर्दै आएको छ । यो योजना आश्विन १ देखि कात्र्तिक ३० गतेसम्म लागू हुनेछ । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application मा लगइन गरी आवेदन दिन सकिन्छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १०६ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा यिन log in गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्