इजरायल रोजगारीका लागि १६ सय जनाको नाम सिफारिस (नामावलीसहित)

काठमाडौं, असोज १० । । रोजगारीका लागि इजरायल जान इच्छुकमध्ये १६ सय जनाको नाम सिफारिस भएको छ ।वैदेशिक रोजगार विभागले बिहान इजरायलमा केयरगिभरका लागि जान चाहनेमध्येबाट १६ सय जनाको नाम सिफारिस गरेको हो ।

विभागले भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागीमध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम सिफारिस गरेको हो ।

अब इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए) ले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ ।

इजरायलले एक हजार कामदारलाई रोजगारीका लागि छनोट गर्नेछ । रोजगारीका लागि एक हजार जनाको कोटा भए पनि ७ हजारले परीक्षा दिएका थिए ।

हेर्नुहोस् सूची:

प्रतिक्रिया दिनुहोस्