ईपीएलको पहिलो खेलमा ललितपुरलाई काठमाडौंले ७ विकेटले हरायो
काठमाडौं, असोज ९ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियोट्स पराजित भएको छ। ललितपुर पट्रियोट्सलाई काठमाडौं किंग्स इलेवेनने ७ विलेटले हराएको हो। १५८ रनको लक्ष्य पाएको काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोडेर लक्ष्य पूरा गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न खेलमा टस जितेर बलिङ रोजेको काठमाडौंले १५८ रनको लक्ष्य पाएको थियो।जवाफी ब्याटिङमा काठमाडौंका रहमनुल्लाग गुरबज र र्यान बर्लए अर्धशतक प्रहार गरे। गुरबजले ३६ बलमा ४ छक्का र चार चौकासहित ५९ रन बनाएका थिए।
त्यस्तै, बर्लले ३४ बलमा ७३ रन बनाए। उनले ७ छक्का ५ चौका प्रहार गरेका थिए। उनले काठमाडौंका लागि विजयी चौका प्रहार गरेका थिए। ललितपुरका पवन सर्राफले १ विकेट गिराए भने सुवास खकुरेल र अमित श्रेष्ठ रन आउट भए भने राजु रिजालले १९ रन बनाए।
ललितपुरले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १५७ रन बनाएको थियो भने ललितपुरका लागि ईपीएलको पहिलो अर्धशतक पवन सर्राफले बनाएका छन। उनले ४४ बलमा ६१ रन बनाएका हुन्। त्यसक्रममा उनले चार छक्का र ५ चौका प्रहार गरेका छन।
ललितपुरका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल गोल्डेन डग आउट भए। सन्दुम वेरोल्की र ओसाडे फर्बान्डोसले पनि गतिलो सुरुवात गर्न सकेनन्। तर योगेन्द्र सिंह कार्कीले ३३, रन्जुङ दोर्जीले १७ र शंकर रानाले १४ रन बनाएका छन्। यससँगै काठमाडौंले समूह चरणमा २ अंक जोडेको छ।
प्रतिक्रिया दिनुहोस्