बसन्त चौधरीलाई हृदयघात, शल्यक्रियाको तयारी

काठमाडौं, असोज ८ । नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई शुक्रबार हृदयघात भएको छ । ३ दिनअगाडि सपरिवार दुबईमा घुमघामका लागि गएका उनलाई हृदयघात भएको हो ।

नेपालमा छँदै एक साताअघि मुटुमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीमा मुटुमा समस्या देखिएपनि उनी घुमघामका लागि गएका थिए ।

नर्भिक अस्पताल स्रोतका अनुसार उनलाई हृदयघात भए पनि अवस्था भने गम्भीर छैन । हाल दुबईकै एक अस्पतालमा उनको मुटुको शल्यक्रिया गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्