नेतृत्वलाई गगन थापाको प्रश्न : बेहाल अवस्थामा कहिलेसम्म पार्टी चलाइरहने ?
काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका नेता गगन थापाले बेहाल अवस्थामा कहिलेसम्म पार्टी चलाइरहने भनेर नेतृत्वलाई प्रश्न गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फ थापाले नेताले आदेश दिने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने थितिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
पार्टी अधिवेशनको मिति सरेपछि थापाले लेखेका छन् ‘ कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा बस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने।बस नेताले आदेश दिए पुग्ने,कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं।















प्रतिक्रिया दिनुहोस्