दिल्लीको एक अदालतमा गोली चल्यो, ४ जनाको मृत्यु , तीनजना घाइते

काठमाडौं, असोज ८ । भारतको राजधानी दिल्लीस्थित रोहणी अदालतमा शुक्रबार गोली चलेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘गुण्डा नाइके’ जितेन्द्रमान गोगीलाई अदालतमा उपस्थित गराउँदा अज्ञात आक्रमणकारीले उनीमाथि गोली प्रहार गरेका थिए ।

गोगीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै गोली चलेपछि प्रहरीले जवाफी कारबाही गर्दा तीनजना आक्रमणकारीसमेत मारिएका छन् । घटनामा अन्य तीनजना घाइते भएका छन् ।

यो गोलीकाण्डपछि वकीलहरुले सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले आफूहरुलाई छुट्टै परिचय पत्र आवश्यक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्