विदेशीलाई नेपालले रोक लगाएको अनअराइभल भिसा खुल्यो
काठमाडौँ , असोज ७ । कोरोनाका कारण एक देशबाट अर्को देश जना आवतजावजमा रोक लगाएको थियो । तर अब भने विस्तारै खुलाउँदै जना थालीएको छ ।
यता नेपाल सरकारले कोभिड संक्रमणका कारण नेपालले रोक लगाएको अनअराइलल भिसा खुला गरेको छ । कोभिडको पूर्ण खोप लगाइसकेका विदेशीले अब अनअराइभल भिसा (आगमन बिन्दुको प्रवेशाज्ञा) पाउने संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले बताए ।
यसबारे मन्त्रालयले बिहीबार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश’ जारी गर्दै भिसा खुला गरेको जनाएको छ । सरकारले ०७६ चैतको पहिलो लकडाउन सँगै विदेशीलाई अनअराइभल भिसामा रोक लगाएको थियो ।
अब कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको, नेपाल आउने उडानको लागि चेक इन हुनु भन्दा ७२ घन्टा भित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको, होटल बुक गरेका विदेशीले सजिलै नेपाल भम्रण गर्न पाउने छन् ।
तर नेपाल सरकारले विदेशी नागरिकको नेपालमा पुनस् अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्न सक्ने छ । यदि त्यस्तो परीक्षणबाट कोरोना पोजेटिभ देखिएमा अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा निको नभएससम्म बस्नुपर्ने सहसचिव अधिकारीले बताए ।
त्यस्तै नेपाली नागरिक वा आवासीय नेपाली नागरिकले नेपाल फर्किँदा पूर्ण खोप लगाएको हुनुपर्ने छ । त्यस्तै हवाई उडानमा चेक इन हुनु भन्दा ७२ घन्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पनि पेश गर्नुपर्ने छ । त्यस्तै सरकारले सीसीएमसीको फारम पनि अनिवार्य भर्नुपर्ने नियम तोकेको छ । यदि नेपाल प्रवेश गर्दा कोभिडको कुनै लक्षण वा चिह्न नभएमा गन्तव्यमा जान दिइने भनिएको छ ।
विदेशबाट नेपालमा आफ्नो धर्म, रीति, परम्परा अनुसार आफन्तको अन्तिम संस्कारमा सहभागी हुन आउने नेपाली वा गैरआवासीय नेपालीलाइ भने स्थानीय तहको सिफारिसका आधारमा एन्टिजेन टेस्ट गरी नेगेटीभ रिपोर्ट आएपछि मात्रै गन्तव्यमा जान दिइने भनिएको छ ।
त्यस्तै स्थलगत मार्गबाट पनि अब विदेशीले नेपाल आउन पाउने छन् । उनीहरुले पनि ७२ घन्टा अघिको कोभिड नेगेटिभ परीक्षण रिपोर्ट अनिवार्य बुझाउनु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्