असोज १५ भित्र सम्झौता नगरे इन्टरनेटको तार काट्ने विद्युत् प्राधिकरणको चेतावनी

काठमाडौं, असोज ७ । असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकको अप्टिकल फाइबर तथा अन्य उपकरण हटाउने चेतावनी नेपाल विद्युत प्राधिकरणले दिएको छ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै असोज १५ भित्र नियमअनुसार सम्झौता नगर्ने इन्टरनेट सेवाप्रदायकको तार लगायत उपकरण हटाउने चेतावनी दिएको हो।

प्राधिकरणको विद्युतीय संरचनामा जडान भएका अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउन सकिने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवाप्रदायक संस्था नै हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्