सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, पाउला त पूर्णता मन्त्रिपरिषद्ले ?
काठमाडौं , असोज ७ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन दलहरूको बैठक आज पनि बस्न लागेको हो ।
यसअघि हिजो पनि बैठक बसेको थियो तर सहमति जुट्न सकेन् । हिजो कुरा नमिलेपछि आज पनि गठबन्धनको बैठक बस्न लागेको हो । बैठक अपरान्ह बस्ने तयारी भैइरहेको बुझीएको छ ।
सरकार गठन भएको दुई महिनाभन्दा बढी समय भइसक्दा पनि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् ।
आजको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेता सहभागी हुने बताईएको छ ।
मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा अहिले देउवा सरकारको चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्