पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात भएका हुन् : अध्यक्ष ओली
काठमाडौं, असोज ६ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको भएर दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको बताएका छन् ।
एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले केही कुहिएर झरेका पात भएको र केही बाहिरिएको मात्रै भएको उल्लेख गरे ।
साथै उनले अदालतले फैसला गर्यो भने उनीहरुको पार्टीले मान्यता पाउनै नसक्ने बताए । ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको बताए ।
अर्को प्रसंगमा अध्यक्ष ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताएको बताए । ओलीले पुष्पकमल दाहालको पछि लागेर विनाशको बाटो बाहेक केही नभएको बताए ।
साथै अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै ओलीले लोभी पापीको हड्डीको लागि लडाइँ जारीरहेको पनि बताए ।७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनु आफैमा लज्जाको विषय भएको पनि उनको भनाइ रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्