काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको दुवै डोज खोप
काठमाडौं, असोज ६ । काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रणलाई प्रमुख प्राथमिकता बनाएर कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि खोप सहज बन्दै गएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन् ।
सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छन् । प्रधानमन्त्री देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउनेगरी प्रक्रिया अघि बढाउन निर्देशन गरिसेका छन्। बागमति प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्