राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री खड्का

काठमाडौं, असोज ६ । नवनियुक्त परराष्ट्रमन्त्री डा। नारायण खडकाले राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुने बताएका छन् । बुधबार परराष्ट्रमन्त्रीको पदभार सम्हाल्दै मन्त्री खडकाले एमसीसी राष्ट्रिय एजेण्डा बनिसकेकाले सबै दलहरुसँगको छलफलपछि मात्र सम्भव हुने बताए ।

परराष्ट्र मन्त्री खडकाले भने, ‘एमसीसीका बारेमा फैलिएका गलत कुराहरुलाई चिरफार गर्दै त्यसबारे राष्ट्रिय सहमति जुटाउने कोसिस गर्छौ ।’ छिमेकी मुलक भारत र चीनलगायत अन्य सबै मित्रराष्ट्र मुलुकहरुसँग सन्तुलित व्यवहार गर्ने समेत परराष्ट्रमन्त्री खड्काले बताए । खड्काल परराष्ट्रमन्त्री पदको शपथ आज मात्रै लिएका हुन् ।

यसैबीच मंगलबार बसेको सत्तारूढ गठबन्धन बैठकमा डा। खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो । गठबन्धनमा आबद्ध दलहरूले डा। खड्काको विषयमा सहमति जनाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेका हुन् ।

नेता खड्काको सचिवालयले दिएको जानकारी अनुसार मन्त्री पदको शपथ लिएसँगै उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस्