एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

काठमाडौं, असोज ५ ।  नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ ।

१५–१७ असोजमा आयोजना हुने प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता तथा कार्यकर्ताका लागि १५बुँदे आचारसंहिता पेस गर्दै विपक्षी गठबन्धनमा लाग्ने नेता कार्यकर्तालाई पनि कारवाही गरिने प्रस्ताव गरेका छन् ।

‘पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेर, झुठा विवरण पेश गरेको वा स्रोत खुलाउन नचाहेको’ अवस्थामा कारवाही गर्नसकिने प्रस्ताव अध्यक्ष ओलीले १५ असोजमा राख्दैछन् ।

राष्ट्र, राष्ट्रियता, मुलुक र जनताको हितमा सबै पार्टी सदस्यले काम गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीलाई धक्का पर्ने र पार्टीको हित प्रतिकूल हुनेगरी कसैले कुनै काम गर्न गराउन नहुनेमा जोड गरेका छन् ।

अध्यक्ष ओलीको प्रस्तावअनुसार कुनै अवस्थामा पार्टी सदस्य वा जुनसुकै कमिटीको कुनै पनि पदाधिकारी, सदस्य तथा कमिटीहरु माथि अनुशासनको कारवाही हुनसक्ने भन्दै १५बुदेँ आचारसंहिता प्रस्ताव गरेका छन् ।

निम्त गतिविधि गरेमा यो आचारसंहिता लागु हुनेछ:

१) पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको ।

२) पार्टीभित्र गुटबन्दी तथा षडयन्त्र गरेका वा विपक्षीलाई सहयोग पुर्‍याएकोमा वा पार्टीविरुद्ध शत्रुवत् व्यवहार गरेको ।

३) पार्टी निर्णय उल्लङ्घन गरेको ।

४) पार्टीप्रति निष्ठा र विश्वास नरहेको ।

५) पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको ।

प्रतिक्रिया दिनुहोस्