प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते

काठमाडौँ , ४ असोज । आज बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ जसमा दुई आर्थिक विधेयक स्वीकृत भएको छ ।

एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । सभामुखले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि सांसद प्रेम सुवाललाई ३ मिनेट समय दिएका थिए ।

सुवालले चुरोट खैनी सूर्तिमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । भक्तपुरको साना औद्योगिक क्षेत्रले सो क्षेत्रमा स्थानीयवासीलाई असर पुर्याएको भन्दै अविलम्ब हटाउन माग गरेका थिए । साथै विद्यालयको आयकर घटाउन माग गरेका थिए ।

उक्त विधेयक सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको थियो । यस्तै अर्थमन्त्रीले सभामा प्रस्तुत गरेको राष्ट्र ऋण उठाउने विधेयक २०७८ पनि बहुमतले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्