सरकारले खर्बौँको सेटिङमा करको दर तलमाथि गरेको ओलीको आरोप
काठमाडौं, असोज २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेटिङमा गठबन्धन सरकारले करको दर तलमाथि गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
सरकारले कसलाई भन्सार छुट दिने कसलाई नदिने भन्ने कुराको सेटिङ गरेर देशलाई खर्बौंको नोक्सान गरेको उनको भनाइ छ।
‘सोझै सेटिङमा कसलाई भन्सार छुट दिने कसलाई नदिने, के गर्ने कसो गर्ने भन्ने अर्बौंको खेल भइसक्यो । यतिवेला योबीचमा आएर करका दरहरू यत्रो ठूलो ढंगले, देशलाई खर्बौंको तलमाथि पर्ने गरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सक्ने ठाउँ छैन,’ ओलीले भने ।
ओलीले अहिलेको पाँच दलीय सरकार जनताबाट निर्वाचित नभएको बताएका छन्।आफूले देशलाई चुनावमा लैजाने निर्णय सही रहेको पनि उनले जिकिर गरे।ओलीले पाँच दलीय गठबन्धनलाई फ्रिजमा जमेका आइसका डल्लाको संज्ञा दिए।















प्रतिक्रिया दिनुहोस्