आर्थिक अभावकका कारण रंगशालाको काम रोकियो, धुर्मुसले भने- १६ करोडभन्दा धेरै ऋण लाग्यो

काठमाडौं, असोज १ । आर्थिक अभावका कारण ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ ले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको छ।

चितवनको भरतपुर –१५ मा निर्माण भइरहेको रंगशालाको काम ३५ प्रतिशत सकिएपछि पैसा अभावका कारण निर्माणको काम रोकिएको अभियन्ता तथा हास्य कलाकार धुर्मुसले बताएका छन्।

फाउण्डेसनका अनुसार रंगशाला निर्माणमा ३५ प्रतिशत काम सकिँदा ५४ करोड लगानी भएको छ। हालको अवस्थामा अनुमान गर्दा रंगशालाको काम पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लाग्ने धुर्मुसले बताए। १६ माघ २०७५ बाट निर्माण सुरु भएको थियो । रंगशालाको काम ३५ प्रतिशत सकिँदा १६ करोडभन्दा धेरै ऋण लागेको फाउण्डेसनले जनाएको छ।

सर्वसाधारण जनतासँग सहयोग उठाएर निर्माण थालिएको रंगशालाको काम बीचमै अलपत्र पर्दा यति बेला चौतर्फी टिकाटिप्पणी भइरहेको छ। फाउण्डेसनले रंगशालाको काम रोक्दा धुर्मुस–सुन्तलीकै आलोचना पनि भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्