कोरोना अपडेट: १० जनाको मृत्यु , १५ सय ५८ संक्रमित थपिए

काठमाडौं, असोज १ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८ हजार ६६५ पीसीआर तथा ३ हजार ७२० एन्टिजेन परीक्षण गर्दा १५ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

यस्तै सोहि अवधिमा १३ सय ५१ कोरोना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार४९७ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्