एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: माधव नेपाल

काठमाडौं, असोज १ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ ।

मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेतृत्वको बैठकमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति जुट्न नसकेको हो ।

भागबन्डामा सहमति नजुटेपछि मन्त्रालयको संख्या कुन दलले के आधारमा कति लिने भन्ने विषय टुंगो लगाउने जिम्मेवारी गठबन्धन आबद्ध कार्यदललाई दिइएको छ ।

यता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि अध्यक्ष नेपालले अबको एक हप्ताभित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्।

अध्यक्ष नेपालले सत्तागठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको दाबी गर्दै प्रदेश र संघीय सरकारमा पार्टी सहभागी हुने बताए।

साथै उनले आगमाी दिनमा अब अब संसद् र सरकारमा आफ्नो भूमिका स्वाभाविक रूपमा सत्तापक्षको रूपमा रहने जनाकारी गाराए ।

सरकारमा सामेल हुँदै सहकार्य गर्दै सँगै अगाडि बढ्ने पनि उनले बताए । साथै उनले सातैवटा सरकारमा पनि आफुहरुको सहभागिता रहने बताए ।

 

प्रतिक्रिया दिनुहोस्