नेपालद्वारा युएई ५ विकेटले पराजित

काठमाडौ । आइसीसी विश्व कप छनोटको अभ्यास खेलमा नेपालद्वारा युएईलाई ५ विकेटले पराजित गरेको छ । नेपालको जितमा युवा क्रिकेटर दिपेन्द्र सिं ऐरी ४१, पारसले २१,मल्ल १२ र शरद ४१ र आरिफले २३ महत्वपूर्ण ब्याटिङ गरे । १७२ रनको लक्ष्य पक्ष्याएको नेपाल ५ विकेटको क्षतिमा २८.२ ओभरमा पुरा गर्यो । बर्षाको कारण करिव ३ घण्टा पछि सुरु भएको खेलमा ओभर घटाएर मात्र २९ झारीएको थियो । पुरै ओभर खेल्दै अल आउट हुदै १७१ र बनाउन सक्यो । टस जितेर ब्याटिङ रोजेको युएईले बलिङ गर्न उत्रेको नेपाललाई पहिलो विकेटका रुपमा युएईका कप्तान रोहन मुस्टाफा ललित भण्डारीको दोस्रो ओभरको चौथो बलमा आउट गराएका थिए । उनलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराउदै पेभिलिएनको बाटो देखाए । दोस्रो सफलता कप्तान पारसले युएईका गुलाम सबिरलाई दिलिपको हातबाट क्याच आउट गराउदै दिलाए । उनी ३२ रन बनाए र आउट भए । तेस्रो सफलता १६ ओभरमा अनिलको हातबाट क्याच आउट गराउदै ललित नारायण राजवंशीले साजदलाई पेभिलिएन फकाए । चौथो सफलता पनि राजबंशीले लिए । राजवंशील खेलकोे २० ओभरम दिपेन्द्र ऐरीको हातबाट ४२ बनाइ खेली रहेका अमिदलाई क्याच आउट गराउदै चौथो सफलता दिलाए ।

प्रतिक्रिया दिनुहोस्