४४ लाख डोज खोप लिन निगमको जहाज आज राति चीन जाँदै
काठमाडौं, भदौं ३१ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप ल्याउन आज राति नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।
सरकारले खरिद गरेको खोप भोलि चीनबाट ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जानकारी दिए । सरकारले ६० लाख डोज खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीन जाने बताए । उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।
नेपालमा अहिलेसम्म एक करोड ३३ लाख डोज खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड डोज थप खोप ल्याउने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्